२०८२ पुष १ गते मंगलवार

वीरगंजमा भीषण गर्मीमा राहतस्वरूप बटुवाहरूलाई चिसो सातु वितरण

 

अभिलाष गुप्ता
बैशाख ३० बिरगंज

वीरगंजमा लगातार बढ्दो तापक्रम र प्रचण्ड गर्मीका कारण आम जनजीवन प्रभावित भइरहेका बेला पूर्व मेयर विजय सरावगीको परिवारजनद्वारा आज बटुवाहरूलाई चिसो सातु वितरण गरी मानवीय सेवा प्रदान गरिएको छ।

गर्मीका कारण सडकमा हिँडडुल गर्ने सर्वसाधारण, श्रमिक,ईरिक्सा चालक लगायत बटुवाहरू प्रभावित भइरहेका अवस्थामा सरावगी परिवारको यो सामाजिक पहलले सबैलाई राहत मिलेको छ। सातु वितरण कार्यक्रम वीरगंजमा सञ्चालन गरिएको थियो।

कार्यक्रमका संयोजकहरूले जानकारी गराएअनुसार, “भीषण गर्मीले जनस्वास्थ्यमा असर पार्न थालेको अवस्थामा शीतल पेय वितरण गर्नु हाम्रो मानवीय जिम्मेवारी हो” भन्ने सोचका साथ यो सेवा सुरु गरिएको हो। स्वच्छ र चिसो सातुको सेवनले बटुवाहरूलाई तत्कालिक ऊर्जा र ताजगी मिलेको उनीहरूले बताएका छन्।

विजय सरावगीको सामाजिक सेवाप्रतिको प्रतिबद्धता पहिल्यैदेखि परिचित रहेको र समयअनुसार आवश्यक सहयोग र सेवा गर्दै आइरहेको भन्दै बटुवाहरूले सरावगी परिवारप्रति आभार व्यक्त गरेका छन्।

स्थानीय युवाहरू, स्वयंसेवकहरू र सरावगी परिवारका सदस्यहरूको सक्रिय सहभागितामा सम्पन्न यो कार्यक्रमलाई सामाजिक उत्तरदायित्वको उदाहरणीय पहलको रूपमा लिइएको छ।

वीरगंजमा गर्मी अझै केही दिन उच्च रहने पूर्वानुमान रहेकोले यस्ता राहतमूलक कार्यक्रमहरू अझ आवश्यक रहेको स्थानीयवासीहरूले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM