२०८३ असार २३ गते मंगलवार

उपकार सेवा नेपालद्वारा वृद्धआश्रममा नियमित सहयोग, बैशाख महिनामा पनि दैनिक उपभोग्य सामग्री हस्तान्तरण

 

अभिलाष गुप्ता
बैशाख ३१ बिरगंज

सामाजिक सेवामा सक्रिय उपकार सेवा नेपालले ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा यो बैशाख महिनामा पनि नियमित मासिक सहयोग उपलब्ध गराएको छ।

संस्थाले आश्रममा आश्रित २२ जना अपाङ्ग, सुस्त मानसिक अवस्था भएका, ज्येष्ठ नागरिक, आमाबुवा तथा बालबालिकाहरूको लागि आवश्यक दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको हो। यस महिना वितरण गरिएका सामग्रीहरूमा चामल ६० किलो (२ बोरा), दाल १० किलो, पिठो २० किलो (१ बोरा), चिनी १० किलो, स्वाबिन १० किलो, खाने तेल ५ लिटर, नून, सर्फ, साबुन र ५ लिटर फिनाईल लगायतका सामग्री समावेश छन्।

सामग्री हस्तान्तरणको क्रममा आश्रमको प्राङ्गणमा एक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारुको उपस्थितिमा आश्रम सदस्य राम बहादुर थिङ्गलाई उक्त सामग्रीहरू हस्तान्तरण गरिएको हो।

संस्थाले यस्ता सहयोग सामग्री प्रत्येक महिना नियमित रूपमा प्रदान गर्दै आएको छ। संस्थाका अध्यक्ष सरावगीका अनुसार, समाजमा सेवा भावना विस्तार गर्नु संस्थाको प्रमुख उद्देश्य हो, र यस्तो कार्यले आश्रित व्यक्तिहरूको जीवनमा केही सहजता ल्याउने विश्वास लिइएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM