२०८३ बैशाख ४ गते शुक्रबार

निःशुल्क दन्त स्वास्थ्य जाँच शिविर वीरगञ्जमा जनस्वास्थ्य प्रवर्द्धनमा बिरगञ्ज जेसीजको पहल

 

अभिलाष गुप्ता
वीरगञ्ज,०१ जेष्ठ 

समाजसेवा र जनस्वास्थ्य प्रवर्द्धनमा सक्रिय संस्था बिरगञ्ज जेसीजले आगामी जेठ ३ गते, शनिबार (१७ मे २०२५) को दिन निःशुल्क दन्त स्वास्थ्य जाँच शिविर आयोजना गर्ने भएको छ।

वीरगञ्जको अमर चोकस्थित समाज सेवा समितिको भवनमा बिहान ७:०० बजे देखि १०:०० बजे सम्म सञ्चालन हुने उक्त शिविरमा अनुभवी तथा प्रसिद्ध दन्त चिकित्सक डा. मनोज उपाध्याय र सुश्री प्रियांशा पौडेल द्वारा सेवा प्रदान गरिनेछ।

शिविरको उद्देश्य जनसमुदायमा मौखिक तथा दन्त स्वास्थ्यप्रति चेतना फैलाउनुका साथै समयमै रोगको पहिचान गरी दीर्घकालीन समस्या हुनबाट जोगाउनु रहेको आयोजक संस्थाले जनाएको छ।

बिरगञ्ज जेसीजका अध्यक्ष सरोज चौरसियाले भने, “स्वस्थ जीवनको आधार स्वस्थ दाँत र मुख पनि हो। जनस्वास्थ्यमा सकारात्मक योगदान पुर्‍याउने आशयले हामीले यो शिविर आयोजना गरेका हौं। सर्वसाधारणले सहजै विशेषज्ञ चिकित्सकको सेवा लिन सकून् भन्ने हाम्रो मुख्य उद्देश्य हो।”

दन्त रोगहरू प्रारम्भिक चरणमै थाहा नपाई जटिल समस्या निम्त्याउने खतरा हुने भएकाले यस्तो शिविरमा सहभागिता जनाउनु स्वास्थ्यका लागि महत्वपूर्ण कदम हुन सक्ने विज्ञहरूको सुझाव छ।

शिविरमा सहभागी हुने इच्छुक सबैलाई समयमै उपस्थित भइ निःशुल्क सेवा प्राप्त गर्न आयोजकले अनुरोध गरेको छ। साथै, आफन्त, छिमेकी तथा साथीहरूलाई पनि जानकारी गराई सहभागी गराउन समेत आह्वान गरिएको छ।

यस किसिमको सामाजिक उत्तरदायित्वमूलक कार्यले जनमानसमा स्वास्थ्यप्रति जागरूकता फैलाउने विश्वास लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM