२०८२ पुष १ गते मंगलवार

लैङ्गिक हिंसा न्यूनीकरणका लागि जानकी महिला जागरण समाज र वीरगंज उप–प्रमुख बीच छलफल

 

अभिलाष गुप्ता
बैशाख ०१ बिरगंज

जानकी महिला जागरण समाज, सहयोगी संस्था कानुनी सहायता तथा परामर्श केन्द्रको सहकार्यमा, वीरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमसँग लैङ्गिक उत्तरदायी न्याय सम्बन्धी विषयमा विशेष छलफल सम्पन्न भएको छ।

उक्त छलफलमा समाजमा बढ्दो महिला माथिको दमन र हिंसालाई कसरी न्यूनिकरण गर्ने भन्ने विषयमा गहन विचार–विमर्श गरिएको थियो। छलफलमा उप–प्रमुख आलमले भने, “महिला हिंसा विरुद्धका यस्ता कार्यक्रमहरूमा वीरगंज महानगरपालिका सधैं साथ दिन तयार छ। विकृति रोक्न हामी विभिन्न कार्यक्रमहरू गर्दै आएका छौं र आगामी दिनहरूमा पनि सहकार्यलाई सशक्त बनाउनेछौं।”

कार्यक्रममा प्रमुख उद्देश्य लैङ्गिक हिंसा अन्त्य गर्नु र सम्बन्धित उजुरीहरू न्यायिक समितिमार्फत कानुनी रूपमा समाधान गर्न सहयोग पुर्‍याउनु रहेको उल्लेख गरिएको थियो। उप–प्रमुख आलमले यस्ता पहलहरू मार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिनेमा विश्वास व्यक्त गरे।

छलफलमा जानकी महिला जागरण समाजका कार्यकारी निर्देशक राजन नेपाल, अधिवक्ता जुली कर्ण, कार्यक्रम संयोजक संजय पौडेल लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो। छलफलको जानकारी उप–प्रमुखका प्रेस सल्लाहकार महमद सदाबले दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM