२०८२ फाल्गुन ५ गते मंगलवार

रक्सौलमा दक्षिण कोरियाली नागरिक पक्राउ: नेपाल प्रवेशको प्रयास असफल

 

 

वीरगञ्ज–रक्सौल सीमाबाट अवैध रूपमा नेपाल प्रवेश गर्ने प्रयासमा एक दक्षिण कोरियाली नागरिक भारतको रक्सौलमा पक्राउ परेका छन्।

भारतको अध्यागमन विभाग र रक्सौल प्रहरीले संयुक्त रुपमा सञ्चालन गरेको अपरेसनमा दक्षिण कोरियाका नागरिक किम याङ डे माईस्थान मौजेको एक होटेल “धर्ममुक्ति” बाट पक्राउ परेका हुन्।

प्रहरीका अनुसार किम याङ डे सन् २०२१ को जनवरीमा सकिएको रोजगारी भिसामा भारत प्रवेश गरेका थिए। भिसा अवधि समाप्त भइसकेपछि उनी बिना कागजात भारतमै बस्दै आएका थिए। पछिल्लोपटक उनी नेपाल प्रवेश गर्ने योजनासहित मे १७ मा रक्सौल आइपुगेका थिए। तर, सीमामा कडा सुरक्षा व्यवस्था रहेकाले उनी होटेलमै बसिरहेका थिए।

प्रहरीले उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभागमा बुझाएको जनाएको छ।

यस घटनाले भारत–नेपाल सीमामा अवैध आवागमन नियन्त्रणमा सुरक्षा संयन्त्र अझै कडा बनाइएको पुष्टि गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM