२०८२ फाल्गुन ५ गते मंगलवार

बिकन माध्यमिक विद्यालयबाट एसटिसी (Student Traffic Club) अन्तर्गत ११ सदस्यीय समिति सहित २० जना विद्यार्थी सहभागिता

 

अभिलाष गुप्ता
जेष्ठ २२ बिरगंज

 

बिरगंज, पर्सा – जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टको नेतृत्वमा बिहीबारदेखि ट्राफिक सप्ताहको औपचारिक सुरुवात गरिएको छ। ट्राफिक जनचेतनामूलक अभियान अन्तर्गत सञ्चालन गरिएको उक्त सप्ताहको पहिलो दिन प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो।

उक्त प्रभातफेरीमा बिरगंज महानगरपालिका अन्तर्गत रहेको बिकन माध्यमिक विद्यालयबाट एसटिसी (Student Traffic Club) अन्तर्गत ११ सदस्यीय समिति सहित २० जना विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थी टोलीलाई विद्यालयका शिक्षक नायकको रुपमा सार्दुल भट्टराई र मंगल भट्टराईले नेतृत्व प्रदान गरेका थिए।

प्रभातफेरीको सुरुवात बिरगंजको ऐतिहासिक स्थल घन्टाघरबाट भएको थियो। विद्यार्थीहरुले हातमा ट्राफिक सचेतनासम्बन्धी प्लेकार्ड तथा नाराबाजीसहित प्रभातफेरीमा उत्साहपूर्वक भाग लिएका थिए।

बिकन माध्यमिक विद्यालयका विद्यार्थीहरुले ट्राफिक नियमको पालना, सुरक्षित सवारी तथा सडक शिष्टाचारप्रति जनचेतना फैलाउने उद्देश्यका साथ सहभागिता जनाएका हुन्।

प्रभातफेरीमा बिरगंजका अन्य विभिन्न विद्यालयहरु — सरकारी तथा निजी — को समेत उल्लेखनीय उपस्थिति रहेको थियो। सम्पूर्ण सहभागीहरुले प्रहरी अधिकारीहरूसँग सहकार्य गर्दै ट्राफिक सप्ताहको सन्देश फैलाउन सहयोग गरेका थिए।

कार्यक्रमका क्रममा ट्राफिक प्रमुख लोकराज भट्टले भने, “बालबालिकामार्फत घर–घरमा ट्राफिक नियमको सन्देश पुर्‍याउने हाम्रो उद्देश्य हो। विद्यार्थीहरुको यस्तो सक्रिय सहभागिताले जनचेतना फैलाउन ठूलो सहयोग पुग्नेछ।”

ट्राफिक सप्ताहको क्रममा आगामी दिनहरुमा विभिन्न सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम, कार्यशाला, चित्रकला प्रतियोगिता, स्कुल स्तरीय नाटक तथा अपरेशनल चेकिङसमेत सञ्चालन गरिने जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM