भारत र नेपालबीच आर्थिक सहकार्यलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यका साथ “भारत–नेपाल आर्थिक सहयोग मंच २०२६” सफलतापूर्वक सम्पन्न भएको छ। “साझा समृद्धिका लागि द्विपक्षीय सहकार्यलाई तीव्रता” भन्ने मूल नारासहित आयोजना गरिएको उक्त फोरमले दुई देशबीचको व्यापार, लगानी र पूर्वाधार विकासमा नयाँ सम्भावनाहरू उजागर गरेको छ।
PHD Chamber of Commerce and Industry अन्तर्गतको भारत–नेपाल केन्द्रले Confederation of Nepalese Industries (CNI) तथा बारा पर्सा उधोग संघ (BPUS) सँगको सहकार्यमा आयोजना गरेको यस कार्यक्रमले विशेषगरी वीरगञ्ज–रक्सौल जस्ता सीमावर्ती क्षेत्रहरूमा आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य राखेको थियो।
PHD CHAMBER OF COMMERCE and industry delhi को senior secretary अतुल कुमार ठाकुरको अध्यक्षतामा भएको थियोे।कार्यक्रममा Confederation of Nepalese Industries (मधेश प्रदेश) का अध्यक्ष प्रमोद कुमार साहले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने CNi का director डा.घनश्याम ओझाले औद्योगिक सहकार्यको आवश्यकता औंल्याए।
त्यसैगरी विशिष्ट अतिथीमा नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का निबर्तमान अध्यक्ष (मधेश प्रदेश) अशोक टेमानीले नेपाल–भारत सम्बन्धलाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। उनले भने,“हामीले सदियौंदेखि ‘रोटी–बेटी’ को सम्बन्धको कुरा गर्दै आएका छौं, तर सम्बन्ध केवल नाराले मात्र स्थापित हुँदैन। नेपाल र भारतबीच हिमाल जत्तिकै पुरानो सम्बन्ध छ, तर त्यसलाई व्यवहारमा उतार्न काम गर्नुपर्छ। अहिलेको आवश्यकता भनेको दुई देशबीचको आर्थिक सम्बन्धलाई कसरी मजबुत बनाउने भन्ने हो। यसमा निजी क्षेत्र मात्र होइन, जनताले पनि सरकारलाई निगरानी गर्ने भूमिका खेल्नुपर्छ बताए र नेपाल र भारतबीच व्यापार सहजीकरणका लागि पूर्वाधार सुधार, डिजिटल प्रणाली विस्तार, सीमा व्यवस्थापन सुदृढीकरण र दुवै देशबीच नीतिगत समन्वय अझ बढाउन आवश्यक रहेको बताए।
कार्यक्रममा बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतम, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन श्रेष्ठले आ–आफ्नो धारणा राख्दै नेपाल–भारत आर्थिक सम्बन्धलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएका थिए।कार्यक्रममा भारतको नेपालस्थित दूतावासका प्रथम सचिव (वाणिज्य) सुमन शेखर विशिष्ट अतिथिका रूपमा सहभागी थिए भने वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत देवी सहाय मीना मुख्य अतिथि रहेका थिए। Confederation of Nepalese Industries का महानिर्देशक घनश्याम ओझाले प्रमुख वक्ताका रूपमा द्विपक्षीय लगानी र औद्योगिक विकासका सम्भावनाबारे प्रकाश पारे।
फोरममा सीमापार व्यापार, रेमिट्यान्स, आयात–निर्यात व्यवस्थापन, तथा पूर्वाधार विकासमा गहिरो सहकार्य स्थापना गर्ने विषयमा व्यापक छलफल भएको थियो। दुवै देशबीच लगानी प्रवाह बढाउने, दक्षिण एशियाली उप–क्षेत्रीय सहकार्यलाई मजबुत बनाउने तथा सरकारी र निजी क्षेत्रबीच समन्वय बढाउने कुरामा सहभागीहरूले जोड दिएका थिए।त्यसैगरी सीमावर्ती क्षेत्र विकास कार्यक्रम (Border Area Development Programme) को सम्भावना, नेपालका सीमावर्ती जिल्लाहरूमा पूर्वाधार सुधारमा भारतको भूमिका, क्लस्टर आधारित आर्थिक क्षेत्र विकास तथा व्यापार सहजीकरणका लागि नीतिगत सुधारका विषयमा पनि विशेष चर्चा गरिएको थियो।
फोरमले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउन मार्गचित्र तयार पार्नुका साथै औद्योगिक विकास, व्यापार नीति पुनरावलोकन, क्षेत्रीय सहकार्य विस्तार र सडक, रेल तथा हवाई कनेक्टिभिटी सुधारतर्फ ठोस पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ।उक्त कार्यक्रमले दुई देशबीचको आर्थिक साझेदारीलाई दीर्घकालीन, प्रभावकारी र परिणाममुखी बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।







