उपकार सेवा नेपालले वीरगञ्ज महानगरपालिका–२, छपकैयाका एक जना शारीरिक रूपमा पूर्ण अपाङ्गता भएका असहाय व्यक्तिलाई ह्विलचेयर प्रदान गरेको छ।

उक्त ह्विलचेयर उपकार सेवा नेपाल तथा श्रीमती पुष्पा गाडियाको सहयोगमा उपलब्ध गराइएको संस्थाले जनाएको छ। ह्विलचेयर उपकार सेवा नेपाल वीरगञ्जकी अध्यक्ष विद्या कुमारी सरावगीले सम्बन्धित लाभग्राहीलाई हस्तान्तरण गर्नुभएको थियो।
हस्तान्तरण कार्यक्रममा संस्थाका सदस्य सुमन बगेडिया तथा समाजसेवी प्रकाश थारु, अमर सर्राफ, राजन श्रीवास्तव, रिसु वर्मा, सुरज सर्राफ लगायत स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो।
उपकार सेवा नेपालले विगतदेखि नै पर्सा तथा आसपासका विभिन्न दूरदराजका क्षेत्रसम्म पुगेर असहाय, निसहाय तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकताअनुसार सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। संस्थाले यस्ता सामाजिक सेवामूलक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
यसै अवसरमा संस्थाले सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूमा श्रावण महिनाको पहिलो सोमबारको शुभकामना समेत व्यक्त गरेको छ।























