२०८३ बैशाख ४ गते शुक्रबार

रक्सौल: मन्त्री डा. सुनील कुमार कुशवाहाको संक्षिप्त भ्रमण, बालपार्क निर्माणको आश्वासन

 

अभिलाष गुप्ता
रक्सौल, वैशाख २५

बिहार सरकारका मन्त्री डा. सुनील कुमार कुशवाहा आज रक्सौलको स्थानीय सोना सिनेमा परिसरमा एक संक्षिप्त भ्रमणमा सहभागी भए। भ्रमणको क्रममा भारतीय जनता पार्टी, बिहार मुख्यालयका सह–प्रभारी इन्जिनियर जितेन्द्र कुमारको आतिथ्यमा आयोजित चियापान कार्यक्रममा लायन्स क्लब अफ रक्सौलका पदाधिकारीहरूसँग पनि छलफल भएको थियो।

संक्षिप्त सम्बोधन गर्दै मन्त्री कुशवाहाले आफूलाई कम समय भए तापनि जनताको अपेक्षामा खरो उत्रन सक्ने दृढ इच्छाशक्ति रहेको उल्लेख गरे। “मलाई धेरै समय छैन, तर प्रयास गरिरहेको छु कि जनताको हितमा अधिकतम काम गर्न सकूँ,” मन्त्री कुशवाहाले भने।

कार्यक्रममा लायन्स क्लब अफ रक्सौलका सचिव लायन बिमल सर्राफ, कोषाध्यक्ष लायन मोहम्मद निजामुद्दीन, लायन शम्भु प्रसाद चौरसिया, लायन गणेश धानोठिया, लायन पवन किशोर कुशवाहा, लायन पंकज बरनवाललगायतको उपस्थिति रहेको थियो।

क्लबले रक्सौलमा बालबालिकाका लागि पार्क निर्माणको प्रस्ताव राख्दै मन्त्रीसँग सहयोगको आग्रह गरेको थियो। मन्त्री कुशवाहाले मन्त्रालयबाट सक्दो सहयोग गर्ने आश्वासन दिएका छन्।

कार्यक्रमको अन्त्यमा क्लबले मन्त्री डा. कुशवाहा, इन्जिनियर जितेन्द्र कुमार र समाजसेवी गुड्डु सिंहलाई अंगवस्त्र र गुलाब फूलले सम्मान गरेको थियो। क्लबले उनीहरूको उपस्थितिका लागि आभार प्रकट गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM