२०८२ फाल्गुन १९ गते मंगलवार

बिरगंज कलेजमा कक्षा १२ का विद्यार्थीहरूको बिदाई कार्यक्रम भव्य रूपमा सम्पन्न

 

 

अभिलाष गुप्ता
बिरगंज, ०२ जेठ

बिरगंज कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरूको बिदाई कार्यक्रम शुक्रबार एक भव्य समारोहका साथ सम्पन्न भएको छ। बिरगंजस्थित क्लासिक होटेलमा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम थिए। उनले विद्यार्थी जीवनको महत्त्व र भविष्य निर्माणका विषयमा प्रेरणादायी मन्तव्य दिँदै विद्यार्थीहरूलाई कडा मिहिनेत र अनुशासनमा जोड दिए।

कार्यक्रमका विशिष्ट अतिथिमा समाजसेवी प्रकाश उपाध्याय, वरिष्ठ पत्रकार दिपेन्द्र चौहान, समाजसेवी एस.के चौरसिया, राघव साह तथा कलेजका निर्देशक डा. दिपेन्द्र चौधरीलगायतको उपस्थिति रहेको थियो। अतिथिहरूले विद्यार्थीहरूलाई आगामी दिनमा उच्च सफलता प्राप्त गर्न शुभकामना दिँदै शिक्षाको गुणस्तरमा निरन्तर सुधारको आवश्यकता औंल्याए।

उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको पनि उपस्थिति रहेको थियो, जसले कार्यक्रममा झनै रोचकता थपेको थियो। कलेजका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिन्थ्यो।

कार्यक्रममा स्वागत नृत्य, सांगीतिक प्रस्तुति, नाटक र हास्यव्यङ्ग्यलगायतका विविध मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। यी प्रस्तुतीहरू मार्फत कक्षा १२ का विद्यार्थीहरूको कलेजसँगको सम्झनालार्इ स्मरणीय बनाइएको थियो।

बिरगंज कलेजले यस्ता कार्यक्रमहरू मार्फत विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि, सामाजिक चेतना र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्दै आएको कलेज प्रशासनले जनाएको छ।

कार्यक्रमको समापन कलेज प्रशासनले सहभागी सबै अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ गुणस्तरीय र सिर्जनात्मक कार्यक्रमहरूको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM