२०८२ फाल्गुन २९ गते शुक्रबार

हज यात्राका लागि अध्यक्ष हाजी ग्यासुदिन ठकुराईलाई सामुदायिक प्रहरी द्वारा बिदाई

 

अभिलाष गुप्ता
बिरगंज ०३ जेष्ठ

साउदी अरबको मक्का मदिनामा हज यात्राका लागि प्रस्थान गर्न लाग्नु भएका सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईलाई शनिबार एक कार्यक्रमकाबीच बिदाई गरिएको छ।

केन्द्रका पदाधिकारीहरूद्वारा आयोजित कार्यक्रममा अध्यक्ष ठकुराईलाई माला र खादा लगाई सुस्वास्थ्य, सफल यात्रा तथा हजयात्राको शुभकामना दिइएको थियो। ठकुराई यसअघि पनि दुईपटक हज यात्रा गरिसक्नुभएको छ भने यो उहाँको तेस्रो हज यात्रा हो।

हज कमिटीका सदस्य समेत रहेका ठकुराईका अनुसार यस वर्ष नेपालभरिबाट १,१६० जना हजयात्री मक्का मदिना जानेछन्। तीमध्ये पर्सा जिल्लाबाट ७२ जना रहेका छन् भने बिरगंज महानगरपालिका–२ बाट १९ जना हजयात्री सहभागी हुनेछन्।

ठकुराईले हज यात्राको अवधि करिब ३२ दिनको हुने जानकारी दिँदै, मक्का र मदिनाबीच ५०० किलोमिटरको दूरी रहेको बताए। यही जेष्ठ ७ गते काठमाडौंबाट हजयात्रा सुरु हुने कार्यक्रम तय भएको छ।

“यस पवित्र यात्राले नेपाल–साउदी अरबबीचको आपसी भाइचारा, मित्रता र धार्मिक सहिष्णुतालाई अझ बलियो बनाउने विश्वास लिएको छु,” ठकुराईले भने।

बिदाई कार्यक्रममा केन्द्रका सचिव प्रवीण बिक्रम शाह, सहसचिव मदन प्रसाद गुप्ता, कोषाध्यक्ष प्रेम कुमार सिंह, सदस्य अजित भुजेल, अब्दुल कैश तेली, साहेब हुसेन, बिट्टु नेपाली लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM