२०८२ फाल्गुन २१ गते बिहीबार

नेकपा एकीकृत समाजवादी पार्टी, परवानीपुर गाउँपालिका कमिटीद्वारा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र

 

अभिलाष गुप्ता
जेष्ठ ०६ बिरगंज

नेकपा एकीकृत समाजवादी पार्टी परवानीपुर गाउँपालिका कमिटीद्वारा मङ्गलबार गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) परवानीपुर गाउँपालिका कमिटी, बाराले विभिन्न स्थानीय र राष्ट्रिय मुद्दाहरूमा तत्कालीन ध्यानाकर्षण गराउँदै गाउँपालिका अध्यक्ष समक्ष औपचारिक रुपमा ज्ञापनपत्र बुझाएको हो । आज पार्टीका पालिका अध्यक्ष रामेश्वर प्रसाद पटेलको नेतृत्वमा गाउँपालिका अध्यक्ष रामक्षेत्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्रमा उल्लेख भए अनुसार, पार्टी केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले यही बैशाख १७ गते प्रधानमन्त्री समक्ष पेश गरेको मागपत्रमा उठाइएका विषयहरू – कृषि, पूर्वाधार, यातायात, स्वास्थ्य, उद्योग, जलविद्युत, रोजगारी, प्रवासी श्रमिकको अधिकार, संविधान कार्यान्वयन लगायतका बुँदाहरूमा पूर्ण समर्थन र ऐक्यवद्धता व्यक्त गरिएको छ ।

श्रमिक अधिकार र बैदेशिक रोजगारमा जोड
ज्ञापनपत्रमा श्रम र श्रमिक अधिकारप्रति गम्भीर चासो व्यक्त गर्दै श्रम ऐन २०७४ को धारा १४५ खारेज गर्नुपर्ने, ठेक्का र करार प्रणाली अन्त्य गर्नुपर्ने, तथा श्रमिकहरूको सीप तथा अनुभवलाई स्थानीय विकासमा प्रयोग गर्न आग्रह गरिएको छ।

स्थानीय समस्या र समाधानका सुझावहरू-
ज्ञापनपत्रमा परवानीपुर गाउँपालिकामा देखिएका विभिन्न समस्याहरू र समाधानका सुझावहरू पनि समेटिएका छन्। तीमध्ये प्रमुख बुँदाहरू यस्ता छन् । पालिकाभित्र फैलिएको भ्रष्टाचार नियन्त्रण गर्न ठोस कदम चालिनुपर्ने । खानेपानीको व्यवस्था तत्काल मिलाइनुपर्ने ।

युवाहरूको मनोबल वृद्धिका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने । मठ, मन्दिर, मस्जिदको संरक्षण सुनिश्चित गर्नुपर्ने। उद्योग तथा कलकारखानाबाट फैलिएको धुवा, धूलो र प्रदूषण नियन्त्रण गर्न पहल गरिनुपर्ने । लगायतका विषयहरु समेटिएका छन्।

ज्ञापनपत्र बुझाउने सहभागीहरूमा प्रदेश सभा सदस्य असेश्वर प्रसाद कुर्मी, वडा कमिटी अध्यक्ष रामेश्वर प्रसाद कुर्मी, जिल्ला सचिव ओमबाबु गुप्ता, पालिका सदस्य खलिल मियाँ अंसारी, नेपाल रिटर्निङ जिल्ला सदस्य सुरेन्द्र प्रसाद कुर्मी, युवा प्रतिनिधि धीरज पटेल लगायतको उपस्थिति रहेको नेपाल रिटर्निङका जिल्ला अध्यक्ष अनिल कुमार साहले जानकारी गरेका दिएका छन ।

पार्टीले ज्ञापनपत्र मार्फत स्थानीय सरकारसँग तत्काल ध्यानाकर्षण गराउँदै जनहितका कार्यहरूमा प्राथमिकता दिन आग्रह गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM