२०८२ फाल्गुन २८ गते बिहीबार

एम.पी.एल. २०२५: ट्रिगर आउट बुल्सको शानदार प्रदर्शन, बौधि माई ११लाई ९० रनले पराजित

 

अभिलाष गुप्ता
वीरगंज, जेष्ठ ७

ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगर–१०, वीरगंजको आयोजनामा आदर्श रंगशालामा जारी मारवाडी प्रिमियम लिग (MPL) २०२५ अन्तर्गत मंगलबारको दिन १५ ओभरको रोमाञ्चक क्रिकेट खेलमा ट्रिगर आउट बुल्सले शानदार प्रदर्शन गर्दै बौधि माई ११ लाई ९० रनले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको ट्रिगर आउट बुल्सले निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै १४३ रनको विशाल योगफल तयार गर्यो। टोलीका ब्याट्सम्यानहरूले आक्रामक ब्याटिङ गर्दै मैदानमा चौका–छक्का वर्षाए। बलियो सुरुवात र मध्यमक्रमको उत्कृष्ट प्रदर्शनले टोलीलाई उच्च स्कोर बनाउन सफल बनायो।

जवाफमा लक्ष्य पछ्याउने क्रममा बौधि माई ११को इनिङ निराशाजनक रह्यो। पूरै टोली १०.२ ओभरमै जम्मा ५३ रनमै समेटियो। ट्रिगर आउट बुल्सका बलरहरूले घातक बलिङ गर्दै विपक्षी टोलीका ब्याट्सम्यानहरूलाई खुलेर खेल्न नदिए। किफायती बलिङ र उत्कृष्ट फिल्डिङका कारण बौधि माई ११लाई ठूलो हार व्यहोर्नु पर्यो।

मारवाडी समुदायबीच खेलकुद र आपसी सद्भाव बढाउने उद्देश्यले आयोजना गरिएको एम.पी.एल. २०२५ ले वीरगंजमा खेलकुदप्रतिको रुचिलाई अझ प्रोत्साहित गरिरहेको छ। प्रतियोगिता अन्तर्गत आगामी दिनहरूमा थप रोमाञ्चक खेलहरू हेर्न पाइने आयोजकले जानकारी दिएका छन्।

क्रिकेटप्रेमीहरूका लागि एम.पी.एल. २०२५ एक महत्वपूर्ण मञ्च बन्दै गएको छ, जहाँ प्रतिभाशाली खेलाडीहरूलाई आफूलाई प्रस्तुत गर्ने अवसर मिलिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM