नेपाल लायन्सको ५५औँ वार्षिकोत्सवको अवसरमा लायन्स क्लब अफ वीरगञ्ज गेटवेले पूर्वनिर्धारित कार्यक्रमअनुसार आइतबार वीरगञ्जस्थित शंखधर साख्वा पार्क (चिल्ड्रेन पार्क)मा रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।
ई. श्यामबाबु प्रसादको संयोजनमा सम्पन्न कार्यक्रममा ५४ जनाले रक्तचाप तथा मधुमेह परीक्षण गराएका थिए। परीक्षण स्पर्श अस्पतालका स्वास्थ्यकर्मीहरूले गरेका थिए।
कार्यक्रममा लायन्स क्लब अफ वीरगञ्ज गेटवेका अध्यक्ष तथा समाजसेवी लायन्स प्रकाशकुमार उपाध्याय, डिस्ट्रिक्ट गभर्नर लायन्स रामबिहारी पाण्डे, सचिव लायन्स कपिलदेव तिवारी, कोषाध्यक्ष लायन्स वीरेन्द्रकुमार आर्य, वकिलप्रसाद रौनियार, विकास जैसवाल, फैयाज आलमलगायत लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा स्थानीय समाजसेवीहरूको समेत उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ। क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्यसम्बन्धी जनचेतना तथा परीक्षणका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
























