२०८२ फाल्गुन ३० गते शनिबार

२४ औं स्थापना दिवसको अवसरमा पथलैयामा रक्तदान कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता,
बिरगंज जेष्ठ ७

सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण हे. क्वा पिलुवा, बारा पथलैयाको आयोजनामा २४ औं सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा एक दिवसीय रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

पथलैयामा बुधबार सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी उपरीक्षक गणपति नवराज थापा रहेका थिए भने नेपाल रेडक्रस सोसाइटी, बिरगंज पर्सा शाखाका सभापति बृजकिशोर पटेलको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा ३० जना स्वयंसेवकले रक्तदान गरेका थिए। उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी बिरगंज रेश्मकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताको सहकार्यमा सम्पन्न भएको हो।

नेपाल रक्तसञ्चार केन्द्र, वीरगंजमा दिन प्रतिदिन देखिएको रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजक पक्षले जानकारी दिएको छ। कार्यक्रमको प्राविधिक सहयोग नेपाल रक्तसञ्चार केन्द्रका जितेन्द्र कुशवाहाले प्रदान गरेका थिए।

रक्तदान गर्नेहरुमा प्रमोद राम, मानोस नगरकोटी, नवराज नेपाली, अर्जुन उप्रेती, शम्भु, राजेश मल्ल, मिराज, सूर्य तामाङ, नहकुल कुमार भट्टलगायत सहभागी थिए।

शान्ति, सुरक्षा र सेवा प्रति सशस्त्र प्रहरी बलको प्रतिबद्धतालाई पुनः उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यस रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्वप्रति सशस्त्र प्रहरीको भूमिकालाई समेत बलियो बनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM