२०८२ चैत्र १८ गते बुधबार

निरन्जन मिश्र वीरगञ्ज महानगरपालिकाका जनसम्पर्क सल्लाहकारमा नियुक्त

 

अभिलाष गुप्ता
वीरगञ्ज, ०८ जेष्ठ

वीरगञ्ज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्क व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चारकर्मी निरन्जन मिश्रलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेको छ।

महानगर प्रमुख राजेशमान सिंहले बिहीबार आफ्नो कार्यकक्षमा आयोजित एक कार्यक्रममार्फत मिश्रलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्। कार्यक्रममा मेयर सिंहले मिश्रको अनुभवले महानगरको सूचना प्रणालीलाई अझ पारदर्शी र जनमुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सल्लाहकार मिश्र सञ्चार र जनसम्पर्कको क्षेत्रमा लामो समयदेखि क्रियाशील छन्। उनले विभिन्न सञ्चारमाध्यम र सामाजिक अभियानमार्फत जनसरोकारका विषयमा कलम चलाउँदै आएका छन्।

नियुक्तिपछि प्रतिक्रिया दिंदै मिश्रले भने, “महानगर र जनताबीचको सम्बन्ध अझ घनिष्ठ बनाउन म कृतसंकल्प छु। सूचना प्रवाहमा पारदर्शिता र समावेशिता बढाउँदै जनतामैत्री प्रणाली विकास गर्नु मेरो प्राथमिकता हुनेछ।”

उनको प्रमुख जिम्मेवारीमा महानगरपालिकाको सूचना प्रवाह व्यवस्थापन, सञ्चार समन्वय तथा नगरप्रमुखको जनसम्पर्क सुदृढ बनाउने कार्य रहनेछ।

महानगरले जनसम्पर्क व्यवस्थापनलाई प्राथमिकतामा राख्दै गरेको सन्दर्भमा गरिएको यो नियुक्तिलाई सकारात्मक कदमका रूपमा लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM