२०८२ चैत्र १८ गते बुधबार

नारायणी अस्पतालको गम्भीर लापरबाहीबारे मन्त्री पौडेलको ध्यानाकर्ष

 

अभिलाष गुप्ता
जेष्ठ २० बिरगंज

स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलसँगको भेटमा नारायणी अस्पतालमा देखिएको गम्भीर लापरबाही र अव्यवस्थाप्रति ध्यानाकर्षण गराइएको छ।

भेटका क्रममा हालै नारायणी अस्पतालको आईसीयू (ICU) र सीसीयू (CCU) वार्डमा दुई घण्टाभन्दा बढी समय विद्युत् आपूर्ति अवरुद्ध हुँदा बिरामीहरू चरम संकटमा परेका घटना उठाइएको थियो। सो घटनालाई अस्पताल प्रशासन र मेडिकल सुपरिन्टेन्डेन्टको लापरबाहीको प्रतिफल भन्दै तुरुन्त छानबिन र कारबाहीको माग गरिएको छ।

भेटमा मधेश प्रदेशकै सबैभन्दा ठूलो अस्पताललाई आवश्यक प्राथमिकता दिनु पर्ने, सेवा, संरचना र व्यवस्थापनमा तत्काल सुधार आवश्यक रहेको विषय पनि मन्त्री पौडेल समक्ष प्रस्तुत गरिएको थियो। साथै, अस्पतालका केही कर्मचारी बाहिरी फार्मेसी सञ्चालन, एम्बुलेन्स सेवा र औषधि खरिदमा कमिशनको चलखेलमा संलग्न रहेको विषयमा पनि गम्भीर चासो व्यक्त गरिएको छ। यस्ता अनियमिततामा संलग्नहरूलाई तत्काल छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ।

सो अवसरमा नेपाली कांग्रेसको आसन्न महाधिवेशनका सन्दर्भमा पनि कुराकानी भएको थियो। भेटमा पर्सा जिल्लाका नेता महमद सहाबुदिन, दिलिप कार्की, रामप्रेम कुर्मी र वाहब अन्सारीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM