२०८२ चैत्र १८ गते बुधबार

चलचित्र पर्यटन प्रवर्द्धनमा पोखरिया नगरपालिकासँग सहकार्यको पहल

 

अभिलाष गुप्ता
जेष्ठ २१ बिरगंज

 

पोखरिया, पर्सा । चलचित्र, कला, साहित्य र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय एक संघले पोखरिया नगरपालिकालाई समेत पर्यटन प्रवर्द्धनमा सहकार्यका लागि प्रस्ताव पेश गरेको छ।

बुधवार पोखरिया नगरपालिकाका नगरप्रमुख प्रदुमन प्रसाद चौहानको कार्यकक्षमा पुगेर संघका अध्यक्ष सूर्यनारायण विकले पर्यटन प्रवर्द्धनसँग सम्बन्धित प्रस्तावना पत्र हस्तान्तरण गरेका हुन्।

पत्र बुझाउँदै अध्यक्ष विकले चलचित्र, कला, साहित्य तथा पर्यटनको माध्यमबाट पोखरिया नगरको प्रचार-प्रसार र समग्र पर्यटन विकासमा सहयोग पुर्‍याउने उद्देश्यका साथ विभिन्न सुझावसमेत नगरप्रमुख समक्ष राखेका थिए।

उक्त अवसरमा नगरप्रमुख चौहानले संघको यो पहललाई सकारात्मक रुपमा लिँदै आगामी दिनमा नगरपालिकाबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संघले यसअघि वीरगञ्ज महानगरपालिकामा पनि यस्तै प्रस्तावना पत्र बुझाइसकेको छ। संघले आफ्नो अभियानलाई सफल बनाउन विभिन्न स्थानीय निकाय, संघसंस्था र सरोकारवालासँग सहकार्य गर्दै अघि बढिरहेको जानकारी दिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM