२०८३ जेष्ठ ११ गते सोमबार

सशस्त्र प्रहरीले पर्सामा भन्सार छली चक्लेट नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझायो

 

अभिलाष गुप्ता
बिरगंज २३ जेठ

सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु.गुल्म बीरगञ्जले भारतबाट अवैध रूपमा भित्र्याइएका चक्लेट, खजुर तथा स्प्रे पेन्टसहित रु. ४,००,८००।– मूल्य बराबरको सामग्री नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका–८, गहवाटोलस्थित मुन्ना हवारीले संचालन गर्दै आएको गाईगोठमा बिशेष सूचनाका आधारमा गरिएको छापा मार्फत सो सामग्री फेला पारिएको हो। सो टोलीमा सशस्त्र प्रहरी बलको टोलीसँगै बीरगञ्ज भन्सार कार्यालयको संयुक्त उपस्थिति रहेको थियो।

उक्त सामग्रीहरू भारतबाट भन्सार छली गरी बेवारिसे अवस्थामा गोठमा लुकाइछिपाइ भण्डारण गरिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्।

फेला पारिएका सबै सामग्रीहरू आवश्यक कानुनी प्रक्रिया अघि बढाउनका लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जानकारी दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM