२०८३ भाद्र ८ गते सोमबार

वीरगञ्जमा २८औँ विशाल सावन झूला महोत्सव सम्पन्न

 

श्री श्याम नवयुवक मण्डल, वीरगञ्जको आयोजनामा २८औँ विशाल सावन झूला महोत्सव आइतबार भव्य रूपमा सम्पन्न भएको छ।

श्रावण मासको एकादशीको पावन अवसरमा वीरगञ्ज महानगरपालिका–स्थित आदर्शनगरमा रहेको श्री श्याम मन्दिरको प्राङ्गणमा आयोजित महोत्सवमा ठूलो संख्यामा श्यामप्रेमी तथा भक्तजनहरूको सहभागिता रहेको थियो।

महोत्सवमा बाबा श्यामका दिव्य भजन तथा भक्तिमय प्रस्तुतिबाट भक्तजनहरूले आध्यात्मिक आनन्द लिएका थिए। भक्तजनहरू भजन–कीर्तनमा सहभागी हुँदै प्रभुको भक्तिमा लीन भएका थिए।

महोत्सवको मुख्य आकर्षणका रूपमा अलौकिक तथा भव्य झूला शृङ्गार, अखण्ड ज्योति र छप्पन भोगको विशेष व्यवस्था गरिएको थियो। भक्तजनहरूले बाबा श्यामको दर्शन तथा पूजा–आराधना गर्दै सुख, शान्ति र समृद्धिको कामना गरेका थिए।

श्री श्याम नवयुवक मण्डल, वीरगञ्जले हरेक वर्ष आयोजना गर्दै आएको सावन झूला महोत्सवले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै भक्तजनहरूबीच आपसी सद्भाव र धार्मिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजकले जनाएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM