२०८२ चैत्र १२ गते बिहीबार

“सेवा नै धर्म” भन्ने उद्देश्यसहित वीरगञ्जमा आकस्मिक रक्तदान शिविर सम्पन्न

 

नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र वीरगञ्जद्वारा पर्साको घन्टाघरमा आकस्मिक रक्तदान शिविर सम्पन्न गरिएको छ। ‘सेवा नै धर्म हो’ भन्ने मुल नाराका साथ आयोजित सो रक्तदान शिविरमा ७ जना रक्तदाताहरूले रक्तदान गरेका छन्।

कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृज किशोर पटेलले गरेका थिए। कार्यक्रममा रेशमकोठि उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, समाजसेवी प्रकाश थारु, रानीघाट उपशाखाका अध्यक्ष शतिश सिंह राजपुत, सौरभ राज पाण्डे, लक्ष्मी राउत,राजन श्रीवास्तव लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

गर्मीको मौसमसँगै रक्त अभाव देखिएको अवस्थामा जीवन रक्षाका लागि आकस्मिक रुपमा शिविरको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा रक्तदाता महानुभावहरूलाई जीवनदायिनी योगदानका लागि धन्यवाद दिँदै, आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको थियो।

रक्तदान गर्ने महानुभावहरूमा प्रलहाद चौरसिया, सुमित आनन्द, दिपक सर्राफ, हृदयलाल पासवान, प्रदीप कुमार, सलमान हुस्दी र सागरमान राम रहेका छन्।

नेपाल रेडक्रस सोसाइटी वीरगञ्जद्वारा भविष्यमा समेत यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM