२०८२ चैत्र ११ गते बुधबार

खुसीका पललाई सेवा कर्ममा बदलिदै जन्मदिन र वर्षगाँठ मानवसेवा आश्रममै

खुसीका पलोंलाई सामाजिक सेवामा बदल्ने सकारात्मक पहलको उदाहरण बनेका छन् वीरगञ्ज–११ का सरोज रौनियार। उनले आफ्नी भतिजी निधी रौनियारको दोस्रो जन्मदिन विशेष बनाउने उद्देश्यले परिवारसहित वीरगञ्जस्थित मानवसेवा आश्रम पुगे।

रौनियार परिवारले आश्रममा आश्रित करिब ५० जना जेष्ठ नागरिक तथा असहाय आमाबुबाका लागि विशेष खाजाको व्यवस्था गरे। कार्यक्रमका क्रममा आमाबुबाहरूसँग समय बिताउँदै उनीहरूले मिठो परिकार खुवाएका थिए।

सरोज रौनियारले भने, “हाम्रो सानो प्रयासले यहाँ रहेका आमाबुबाको अनुहारमा खुसी देख्दा आत्मसन्तोष मिल्यो। आगामी दिनहरूमा पनि यस्ता सेवामूलक कार्य निरन्तर गरिरहने योजना छ।”

यस्ता सेवाप्रतिको आकर्षण पछिल्लो समय वीरगञ्जमा बढ्दो छ। धेरै व्यक्तिहरू जन्मदिन, वैवाहिक वर्षगाँठजस्ता व्यक्तिगत विशेष दिनहरूलाई सामाजिक सेवामा बदल्न थालेका छन्। मानवसेवा आश्रमले पनि यस्ता अवसरहरूलाई स्वागत गर्दै समाजमा सकारात्मक सन्देश फैलाइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM