२०८२ मंसिर २६ गते शुक्रबार

स्रोत नखुलेको दश लाखसहित युवक पक्राउ

अभिलाष गुप्ता चैत ११ वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे. क्वा. पर्साबाट खटिएको टोलीले स्रोत नखुलेको दश लाख पाँच हजार रुपियाँसहित एक युवकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक भुपेन्द्र मण्डलको कमाण्डमा खटिएको टोलीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित भन्सार जाँच बिन्दु नजिकै चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकलको सिटमुनी लुकाई छिपाई ल्याइएको अवस्थामा नेपाली १० लाख पाँच हजार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौ निवासी २९ वर्षीय प्रदीप कुमार साहलाई नगदसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM