भारतको रक्सौलस्थित कल्याण ज्वेलर्सले आफ्नो दोस्रो वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ। वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा भारत तथा नेपालबाट आएका ग्राहक, इष्टमित्र, शुभेच्छुक तथा पत्रकारहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा काली सेना टोलीसहित राष्ट्रिय प्रमुख काली सेना पार्वती तिवारीको समेत सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी पार्वती तिवारीलाई कल्याण ज्वेलर्स रक्सौलका तर्फबाट सम्मान गरिएको थियो।
सम्मानपछि राष्ट्रिय प्रमुख काली सेना पार्वती तिवारीले आफूलाई सम्मान गरेकोमा कल्याण ज्वेलर्सका अरविन्द सर्राफलगायत सम्पूर्ण परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिन्। उनले कल्याण ज्वेलर्ससँग जोडिएको यो विशेष अवसरमा सहभागी भएर वार्षिकोत्सवको खुसी साझा गर्न पाउँदा आफूलाई खुशी लागेको बताइन्।
कार्यक्रममा भारत र नेपालबाट आएका ग्राहक तथा शुभेच्छुकहरूले कल्याण ज्वेलर्सको व्यवसायिक सफलताको शुभकामना दिँदै आगामी दिनमा थप प्रगतिको कामना गरेका थिए। पत्रकारहरूलाई समेत सम्मान गर्दै सञ्चार क्षेत्रबाट पुर्याएको योगदानको कदर गरिएको थियो।
राष्ट्रिय प्रमुख काली सेना पार्वती तिवारीले कल्याण ज्वेलर्स परिवारलाई दोस्रो वार्षिकोत्सवको हार्दिक बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट सेवा विस्तार गर्दै व्यवसायिक क्षेत्रमा थप सफलता हासिल गर्न शुभकामना व्यक्त गरिन्।
कार्यक्रमले भारत र नेपालबीचको व्यावसायिक तथा सामाजिक सम्बन्धलाई समेत थप मजबुत बनाउन सहयोग पुगेको सहभागीहरूले बताएका थिए। वार्षिकोत्सवको अवसरमा उपस्थित अतिथि, ग्राहक, इष्टमित्र तथा पत्रकारहरूले एक–अर्कासँग शुभकामना आदानप्रदान गर्दै कार्यक्रमलाई उत्साहपूर्वक मनाएका थिए।
























