२०८३ बैशाख १८ गते शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहराको निधन

 

 

चैत १९ ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं सांसद दीपक बोहराको निधन भएको छ ।

पूर्वमन्त्रीसमेत रहेका बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनकी नातिनी स्वाती थापाले जानकारी दिइन् । २०७९ मंसिरमा भएको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर– ३ बाट निर्वाचित बोहरालाई घाँटीमा समस्या थियो ।उनी नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई पराजित गर्दै विजयी बनेका थिए ।

 

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM