२०८३ असार १० गते बुधबार

विधुतीय सूरक्षा दिवसको अवसरमा नेपाल विद्युत प्राधिकरण वीरगंज द्वारा प्रभातफेरी

अभिलाष गुप्ता
चैत २६ बिरगंज

विधुतीय सूरक्षा दिवसको अवसरमा नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्र द्वारा आयोजित प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ। आज मंगलबारको दिन एक कार्यक्रमको आयोजना गरि नेपाल बिधुत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न गरेका छन।

उक्त प्रभातफेरि वीरगंज वितरण केन्द्र पावरहाउस चौकबाट ब्यानर एवं प्लेकार्ड कार्ड सहित निकालिएको थियोे।पावरहाउस चौकबाट मुर्ली हुँदै घन्टाघर सम्म पुगि पुर्ण पावरहाउस चौकमा पुगि समापन भएको थियोे। उक्त कार्यक्रममा विधुतीय उपकरणहरु बाट कसरी सूरक्षित हुने के कस्तो कार्य गर्दा राम्रो हुने विधुतीय दुर्घटना बाट कसरी जोगिने यस्ता यस्त कुराहरुमा जोड दिएका थिए।

उक्त कार्यक्रमको बारेमा नेपाल बिधुत प्राधिकरण कर्मचारी सङ्घ बीरगञ्ज इकाई समितिका प्रमुख सन्तोष कुमार झाले
जानकारी गराएका थिए।

उक्त प्रभातफेरि कार्यक्रममा नेपाल बिधुत प्राधिकरण बिरगंज शाखाका कर्मचारीहरुको उल्लेखनीयरुपमा सहभागीता जनाएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM