अभिलाष गुप्ता
वीरगञ्ज, २३ जेठ
वीरगञ्जस्थित ब्राइट +2 कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई एक भव्य बिदाइ समारोहको आयोजना गरी विदा गरेको छ। टाउन हलमा आयोजित उक्त कार्यक्रम शुक्रबार अत्यन्त उत्साहजनक र सांस्कृतिक वातावरणमा सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता कलेजका प्रमुख मुकेश गुप्ताले गर्नु भएको थियो भने प्रमुख अतिथि भारतीय महावाणिज्यदूतावास वीरगञ्जका महावाणिज्यदूत देवी साहय मीणा रहेका थिए। प्रमुख अतिथि मीणाले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै शिक्षालाई लक्ष्य बनाएर अगाडि बढ्न प्रेरणा प्रदान गरे। उनले परिवार, समाज र राष्ट्रको समृद्धिमा योगदान पुर्याउने जिम्मेवारी विद्यार्थीहरूमा रहेको उल्लेख गरे।
कलेज प्रमुख मुकेश गुप्ताले संस्थाले शैक्षिक मात्र नभई सामाजिक र नैतिक विकासमा पनि विशेष जोड दिएको बताउँदै युवा पुस्तालाई सक्षम र जिम्मेवार नागरिक बनाउने लक्ष्यमा कलेज दृढ रहेको बताए।
कार्यक्रममा विद्यार्थीहरूले गीत, कविता, नृत्यजस्ता विविध सांस्कृतिक प्रस्तुति दिए। शिक्षक-शिक्षिकाहरूले विद्यार्थीहरूलाई भविष्यमा अझ प्रगति र सफलता हासिल गर्न शुभकामना व्यक्त गर्दै बिदाइ गरे।
समारोहको अन्त्यमा मुकेश गुप्ताले उपस्थित सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक र विद्यार्थीहरूलाई धन्यवाद दिँदै कार्यक्रमलाई सफल बनाउने सबैलाई आभार व्यक्त गरे।
कार्यक्रममा कलेजका शिक्षक अखिल पटेल,सञ्चारकर्मी, अभिलाष गुप्ता, अर्जुन चौधरी, प्रहलाद चौरसिया, राजु बैठा,सुर्या नारायण बिक,सन्तोष कुश्वाहा लगायत शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।









