२०८२ मंसिर २६ गते शुक्रबार

काठमाण्डौमा लायन के एल दुगड सम्मानित

 

काठमाण्डौ । लायन्स डिस्ट्रिक्ट ३२५ एफ र त्रिभुवन विश्वविद्यालय लायन्स रक्त संचार केन्द्रको संयुक्त तत्वाधानमा एक विशेष समारोहको आयोजना गरिएको थियो ।

 

कमलपोखरीस्थित जैन भवनको सभाकक्षमा सम्पन्न कार्यक्रमकी प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभाकी उपसभामुख मा. इंदिरा राणा मगरको उपस्थितिमा नेपाल लायन्स आन्दोलनको एक अनुभवी व्यक्ति, नेपालको पहिलो विराटनगर लायन्स क्लबको संस्थापक सदस्य, प्रतिष्ठित उद्योगपति, प्रतिभाशाली व्यक्ति एवं समासेवी लायन के एल दुगडलाई सम्मान गरिएको थियो ।

 

सम्मान कार्यक्रमको दौरान डिस्ट्रिक्ट गर्भनर शकर कुमार शार्डाले लायन दुगडको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई सम्मान पत्र प्रदान गर्नुभयो । कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गर्भनर एमडी अग्रवाल, रूद्रहरि ज्ञावली, राजेन्द्र गिरी सहित लायन्स समुदाय, रक्त संचार केन्द्र्का पदाधिकारी, समाजसेवी व्यक्ति, सञ्चारकर्मी सहितको उल्लेखनीय उपस्थिति थियो ।

 

समारोहमा बोल्दा प्रमुख अतिथि इंदिरा राणा मगरले लायन्स आन्दोलनको एकजना अनुभवी नेता दुगडको प्रेरक भूमिका साह्रै महत्वपूर्ण रहेको जनाउनुभयो । कार्यक्रमको अन्तमा आयोजक पक्षद्वारा उपस्थित सबैमा धन्यवाद ज्ञापन गरिएको थियो । बिगत
पाँच दशक देखि लियो र लायंनवादमा समर्पित लायन राधेश्याम खेतानले जानकारी थिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM