वीरगञ्ज–१३ स्थित गौतम माध्यमिक विद्यालयले एक भव्य सम्मान कार्यक्रमको आयोजना गरी एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ।
कार्यक्रम विद्यालयका प्रिन्सिपल गणेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न भयो भने प्रमुख अतिथिका रूपमा वीरगञ्ज महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछानेको उपस्थिति रहेको थियो।

कार्यक्रममा वडा नं. १३ का अध्यक्ष हिरा गिरी, गौतम स्कुलका डाइरेक्टर सोनम लामा,म्यानेजिङ डाइरेक्टर परिक्षापिया लामा, मानवसेवा आश्रम वीरगञ्जका संस्थापक सदस्य देवेश गुप्ता, एलाइड युथ सोसाइटीका ओम कुमार झा, समाजसेवी मनिष सिंह, अभिभावक र पत्रकारहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन शिक्षक सौराज प्रधानले गर्नुभएको थियो।तीन विद्यार्थीले ४ जीपीए ल्याउँदै नेपाल टप
गौतम स्कुलका जोया हवारी, दिपाशा रौनियार र आरभ चौरसियाले एसईई परीक्षामा ४ जीपीए ल्याउँदै राष्ट्रिय स्तरमै टप गरेका छन्। विद्यालयले ती तीनैजना विद्यार्थीलाई लैपटप पुरस्कार स्वरूप प्रदान गरीएको थियोे।

प्रमुख अतिथि बिरगंज महानगरपालिका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले वीरगञ्जमा शिक्षाको गुणस्तर दिनानुदिन सुधार भइरहेको उल्लेख गर्दै विद्यार्थी, अभिभावक र शिक्षकबीचको सहकार्य अझ आवश्यक रहेको बताए।
उनले भने, “जुन विद्यार्थीको विद्यालय र शिक्षकप्रति सकारात्मक सोच हुन्छ, उनीहरू जीवनमा अगाडि बढ्छन्। तर जो सामाजिक सञ्जालमा दिनको २ घण्टाभन्दा बढी समय बिताउँछन्, उनीहरू शैक्षिक दृष्टिले पछि पर्न सक्छन्।”
विद्यालयको ऐतिहासिक सफलता विद्यालयका अनुसार अहिलेसम्म २८ जना विद्यार्थीहरू जिल्ला टपर भएका छन्। यस्तो उपलब्धि वीरगञ्जको शिक्षा क्षेत्रमा गौरवको विषय बनेको छ।

विद्यालयले आगामी दिनहरूमा विद्यार्थीको क्षमता अभिवृद्धि, प्रविधिमैत्री शिक्षा र गुणस्तरीय शिक्षामा अझ लगानी गर्ने जनाएको छ। बिरगंजका सम्पुर्ण स्कुल संग संगै कदाम्बरी स्कुल तथा श्री त्रिजुद्ध लाई पनि उत्कृष्ट नतिजा ल्याएकोमा यस स्कुल द्वारा बदाई एवं शुभकामना ब्यक्त गरेका थिए।









