अभिलाष गुप्ता
बिरगंज २१ असार

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ (BiCCI), नेपाल उद्योग वाणिज्य महासङ्घ (FNCCI), नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेश तथा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को संयुक्त आयोजना एवं वीरगञ्ज महानगरपालिका, लिडरसिप डेभलपमेन्ट इन्स्टिच्युट (LDI) तथा HR Society Nepal–Madhesh Chapter को सहकार्यमा आयोजित “रोजगार मेला २०८३” सफलतापूर्वक भव्य रुपमा सम्पन्न भएको छ। बिरगंजको होटल भिस्वाको सभाहलमा आयोजित सो मेलाको प्रमुख अतिथी मधेश प्रदेशका उधोग ,वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलले दिप प्रज्जवलन गरि शुभारम्भ गरेका हुन ।
कार्यक्रम वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमको अध्यक्षता एवं मधेश प्रदेश का उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री माननीय कनिश पटेलको प्रमुख आतिथ्य सम्पन्न भएको मेला कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ (FNCCI) का उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका अध्यक्ष तथा जीतपुर–सिमरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
सो अवसरमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष मनोजकुमार दास, महासचिव शिवजीप्रसाद साह, सचिव प्रेमचन्द्र गोयल, सहकोषाध्यक्ष निरज अग्रवाल तथा मेला का संयोजक सहसचिव अनुप अग्रवालको समेत गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका सहायक निर्देशक हरि प्रसाद पौडेल र छिरिङ तामाङ, HR Society Nepal–Madhesh Chapter का अध्यक्ष तथा Leadership Development Institute (LDI) का अध्यक्ष अनिल जायसवाल, वीरगञ्ज महानगरपालिकाको रोजगार शाखाका प्रमुख सुरज गुप्ता, जीतपुर–सिमरा उपमहानगरपालिकाको रोजगार शाखाका प्रमुख नयिम गनी लगायत विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, सन्चारकर्मिहरु लगायत अग्रज ,महिला ,युवाहरुको बाक्लो सहभागिता रहेको थियो।
रोजगार मेलामा बारा–पर्सा औद्योगिक करिडोरका २२ प्रतिष्ठित उद्योग तथा कम्पनी र ४ रोजगार पोर्टलको सक्रिय सहभागिता रहेको थियो। मेलामा करिब ४५० जना रोजगार खोजिरहेका युवायुवती सहभागी भई विभिन्न कम्पनीमा प्रत्यक्ष रूपमा आवेदन दर्ता गर्ने, अन्तर्वार्ता दिने तथा रोजगारीका अवसरबारे जानकारी लिने अवसर प्राप्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले निजी क्षेत्र, उद्योग, स्थानीय सरकार तथा विकास साझेदारबीचको सहकार्यबाट युवाहरूलाई सीप, रोजगारी तथा उद्यमशीलतासँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमका संयोजक जनक अधिकारी रहनुभएको थियो भने सहजिकरण मनोज उपाध्यायले गर्नुभएको थियो।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले रोजगार मेला २०८३ सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण आयोजक संस्था, सहकार्य गर्ने निकाय, सहभागी उद्योग–व्यवसाय, रोजगारदाता, विकास साझेदार , सन्चारकर्मी ,तथा सहभागी युवायुवतीप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।























