२०८३ श्रावण २६ गते मंगलवार

नारायणी अस्पतालमा एन्टिस्नेक भेनम अभावपछि सांसद सुशिला कानुको पहल,आजै ५ बजेसम्म आइपुग्ने

 

वीरगञ्जस्थित नारायणी अस्पतालमा सर्पदंशका बिरामीको उपचारमा अत्यावश्यक मानिने एन्टिस्नेक भेनम (Anti-Snake Venom) इन्जेक्सनको अभाव भएको जानकारी पाएपछि माननीय सांसद सुशिला साह कानुले तत्काल आवश्यक पहल गर्नुभएको छ।

एन्टिस्नेक भेनमको अभावबारे जानकारी पाएलगत्तै सांसद कानुले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी मधेस प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत इन्जेक्सन नारायणी अस्पतालमा पठाउने व्यवस्था मिलाउन पहल गर्नुभएको हो।

सम्बन्धित निकायसँग गरिएको समन्वयअनुसार एन्टिस्नेक भेनम आज बेलुकी ५ बजेसम्म नारायणी अस्पतालमा आइपुग्ने जानकारी प्राप्त भएको जनाइएको छ।

सर्पदंशका बिरामीको उपचारमा एन्टिस्नेक भेनम अत्यावश्यक हुने भएकाले यसको अभाव हुन नदिन सम्बन्धित निकायसँग निरन्तर समन्वय र सहजीकरण भइरहेको सांसद कानुको भनाइ छ।

नारायणी अस्पतालमा एन्टिस्नेक भेनमको अभाव भएको जानकारी सार्वजनिक भएपछि बिरामी तथा उनका आफन्तमा देखिएको चिन्तालाई सम्बोधन गर्न तत्काल आपूर्ति व्यवस्थापनका लागि पहल गरिएको हो।

सर्पदंशका घटना बढ्न सक्ने समयमा अस्पतालमा आवश्यक औषधिको पर्याप्त मौज्दात कायम राख्न सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। एन्टिस्नेक भेनमको नियमित आपूर्ति तथा उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालय, मधेस प्रदेश स्वास्थ्य निर्देशनालय र अस्पताल प्रशासनबीच प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM