२०८३ श्रावण ३० गते शनिबार

ज्ञानदा एकेडेमीमा ‘ज्ञानदा साइन्स स्पेक्ट्रम–२०२६’ सम्पन्न, २ हजार बढीले गरे अवलोकन

 

वीरगञ्ज । मधेस प्रदेशको शैक्षिक क्षेत्रमा विज्ञान र नवप्रवर्तनको नयाँ अध्याय थप्दै वीरगञ्जस्थित ज्ञानदा एकेडेमीले ‘ज्ञानदा साइन्स स्पेक्ट्रम–२०२६’ भव्य रूपमा सम्पन्न गरेको छ। जसमा अभिभावक तथा विभिन्न विद्यालयका विद्यार्थी गरी २ हजारभन्दा बढीले अवलोकन गरेका छन्।

शुक्रबार विद्यालय परिसरमा आयोजित विज्ञान प्रदर्शनीमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले तयार पारेका ६५ वटा विभिन्न वैज्ञानिक परियोजना तथा मोडेल प्रदर्शन गरिएको थियो। शुक्रबार बिहान १० बजेदेखि सञ्चालन भएको प्रदर्शनीमा विज्ञान, प्रविधि, वातावरण, ऊर्जा तथा दैनिक जीवनसँग सम्बन्धित विविध विषयका नमुना प्रस्तुत गरिएको थियो।

प्रदर्शनीले विद्यार्थीहरूको वैज्ञानिक सोच, सिर्जनशीलता र प्रयोगात्मक सिकाइ क्षमतालाई उजागर गरेको ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेन्द्र प्रसाद कोइरालाले बताउनुभयो । कार्यक्रममा अभिभावक, विभिन्न विद्यालयका विद्यार्थी तथा कलेजका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सन्दीप तुलस्यानले गरेका थिए भने प्रमुख अतिथिका रूपमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतम उपस्थित थिए। त्यस्तै विशिष्ट अतिथिका रूपमा वैज्ञानिकद्वय डा. विश्वेश्वर यादव र डा. अन्जय मिश्र सहभागी भएका थिए।

कार्यक्रममा विभिन्न विद्यालय तथा कलेजका प्रतिनिधि, शिक्षाविद्, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूको समेत उपस्थिति रहेको थियो।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM