२०८३ भाद्र १२ गते शुक्रबार

रसुवामा आएको भीषण बाढीप्रति गहिरो दुःख तथा शोक व्यक्त

 

अचानक आएको दैवी प्रकोप तथा पूर्ण ग्लेसियर फुटेर रसुवामा आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति ज्योतिष सम्राट डा. पुरुषोतम दुबेले गहिरो दुःख व्यक्त गर्नुभएको छ।

यस प्राकृतिक विपत्तिले निर्दोष नागरिकको ज्यान जानुका साथै धेरै परिवार विस्थापित र प्रभावित भएको खबरले आफू अत्यन्त मर्माहत भएको उहाँले बताउनुभएको छ। उहाँले भन्नुभयो, “यस विपत्तिबाट भएको जनधनको क्षति असहनीय छ। घटनाले मेरो मन अत्यन्त दुःखी र स्तब्ध बनाएको छ।”

डा. दुबेले बाढी तथा विपत्तिमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ।

उहाँले विपत्तिको यस कठिन घडीमा सम्पूर्ण नेपाली एकजुट भई पीडित परिवारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ। साथै भगवान् पशुपतिनाथसँग दिवंगत आत्माहरूको चिरशान्ति, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा सम्पूर्ण देशवासीको सुरक्षाको प्रार्थना गर्नुभएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM