२०८३ भाद्र २६ गते शुक्रबार

एम्नेस्टी ग्रुप १६ वीरगञ्जद्वारा बेपत्ता दिवसमा दीप प्रज्वलन, विपद् मृतकप्रति श्रद्धाञ्जली

 

एम्नेस्टी इन्टरनेसनल नेपाल, ग्रुप १६ वीरगञ्जले ३० अगस्टका अवसरमा जबरजस्ती बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउँदै मानव अधिकारको रक्षा, सत्य र न्यायका लागि आवाज उठाएको छ।

कार्यक्रममा नेपालमा हालै आएको बाढी तथा प्राकृतिक विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सकुशलताको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो। सहभागीहरूले विपद् प्रभावित परिवारलाई राहत, उद्धार र पुनर्स्थापनामा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।

एम्नेस्टी ग्रुप १६ वीरगञ्जका अध्यक्ष रजनिश झाको नेतृत्वमा भएको कार्यक्रममा समाजसेवी प्रकाश उपाध्याय, सचिव सुनील महतो, पूर्वअध्यक्ष एवं मेन्टर राजेश जैन, सञ्चारकर्मीलगायतको सहभागिता थियो।

अध्यक्ष झाले जबर्जस्ती बेपत्ता पार्नु मानवताविरुद्धको अपराध भएको उल्लेख गर्दै बेपत्ताहरूको सत्य पत्ता लगाई न्याय सुनिश्चित गर्न राज्यलाई निरन्तर दबाब दिँदै आएको बताए। सहभागीहरूले बेपत्ता व्यक्तिका परिवारलाई न्याय र जवाफदेहिताका लागि निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM