२०८३ भाद्र २६ गते शुक्रबार

राप्रपा पर्साका क्षेत्रीय तथा वीरगञ्ज महानगर अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साको क्षेत्र नम्बर १ र २ को क्षेत्रीय अधिवेशन तथा वीरगञ्ज महानगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले विभिन्न तहमा नयाँ नेतृत्व चयन गर्दै संगठनलाई थप सुदृढ र गतिशील बनाउने विश्वास व्यक्त गरेको छ।

अधिवेशनबाट क्षेत्र नम्बर १ को अध्यक्षमा बिनय झा र क्षेत्र नम्बर २ को अध्यक्षमा जयराम साह निर्वाचित भएका छन्।

त्यसैगरी, प्रदेशतर्फ क्षेत्र नम्बर १ (क) को अध्यक्षमा राजेश पटेल तथा क्षेत्र नम्बर १ (ख) को अध्यक्षमा मनोज मिश्र निर्वाचित भएका छन्। वीरगञ्ज महानगर समितिको अध्यक्षमा रामेश्वर यादव निर्वाचित भएका छन्।

नवनिर्वाचित पदाधिकारीहरूलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनीहरूले संगठन विस्तार, जनताको हकहितको संरक्षण तथा राप्रपाका नीति र कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

अधिवेशनमा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सौहार्दपूर्ण वातावरणमा सम्पन्न अधिवेशनले पर्सामा राप्रपाको संगठनलाई थप मजबुत र सक्रिय बनाउने विश्वास व्यक्त गरिएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM