२०८३ भाद्र २६ गते शुक्रबार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा क्वेस्ट फार्मास्युटिकल्सको ११ लाख १ हजार सहयोग

 

बाढीका कारण प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले क्वेस्ट फार्मास्युटिकल्स प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ।

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ११ लाख १ हजार आर्थिक सहयोग गरेको जनाएको छ। हालैको प्राकृतिक विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग गरेको हो।

विपद्का कारण प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ। प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास कम्पनीका सञ्चालक पृथ्वी राजभण्डारीले व्यक्त गरेको छ।

नेपाल सरकारले विपद् प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न सार्वजनिक अपिल गर्दै आएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM