वीरगञ्जस्थित आदर्श माध्यमिक विद्यालयले बाढीबाट पीडित तथा प्रभावित नागरिकका लागि सहयोग गर्ने निर्णय गरेको छ। विद्यालयको तर्फबाट तथा विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीको तर्फबाट एक दिनको तलब बराबरको रकम सहयोग गर्ने निर्णय गरिएको विद्यालयका प्रधानाध्यापक राम विनोद पाण्डेले जानकारी दिए।
त्यसैगरी, बाढीपीडित तथा प्रभावितलाई थप सहयोग पुर्याउने उद्देश्यले विद्यार्थी तथा अभिभावकबाट पनि आफ्नो क्षमताअनुसार स्वेच्छिक सहयोग जुटाउने निर्णय गरिएको प्रधानाध्यापक पाण्डेले बताए।
विद्यालय परिवारले विपद्को यस कठिन परिस्थितिमा प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउन आफ्नो तर्फबाट सक्दो योगदान गर्ने जनाएको छ।
























