२०८३ भाद्र २६ गते शुक्रबार

विद्या सदन माविमा राखी,मेहेन्दी र क्विज प्रतियोगिता सम्पन्न विद्यार्थीको सिर्जनशीलता,प्रतिभा र बौद्धिक क्षमता अभिवृद्धिमा जोड

 

विद्या सदन माध्यमिक विद्यालय, वीरगञ्जमा विद्यार्थीहरूको सिर्जनशीलता, प्रतिभा, ज्ञान तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न अतिरिक्त क्रियाकलाप सम्पन्न भएका छन्।विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डरअनुसार भदौ १८ गते आयोजित कार्यक्रममा राखी बनाउने प्रतियोगिता, मेहेन्दी बनाउने प्रतियोगिता तथा क्विज प्रतियोगिता सम्पन्न भएका हुन्। प्रतियोगितामा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो कला, सिर्जनशीलता, ज्ञान तथा प्रतिभा प्रस्तुत गरेका थिए।

कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरू सहभागी रहेको राखी बनाउने प्रतियोगिता दुई समूहमा सञ्चालन गरिएको थियो। विद्यार्थीहरूले आकर्षक, सिर्जनात्मक तथा कलात्मक राखी निर्माण गरी आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगिताको संयोजन सोनम कुमारी साहले गर्नुभएको थियो।समूह ‘ए’ (कक्षा १ देखि ३)प्रथम अग्रता कुमारी साह, कक्षा १ ‘वाई’द्वितीय सलाउद्दिन रेन, कक्षा २ ‘आर’तृतीय सोरुका बस्नेत, कक्षा १ ‘जी’समूह ‘बी’ (कक्षा ४ देखि ५)प्रथम सादिक अन्सारी, कक्षा ५ ‘बी’द्वितीय सिद्धि सर्राफ, कक्षा ४ ‘वाई’तृतीय अकृति कुमारी कानु, कक्षा ४ ‘वाई’ भएका थिए।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरू सहभागी रहेको मेहेन्दी बनाउने प्रतियोगितामा विद्यार्थीहरूले आकर्षक, कलात्मक तथा सिर्जनात्मक डिजाइन प्रस्तुत गरेका थिए। प्रतियोगिताको संयोजन कपिला श्रेष्ठले गर्नुभएको थियो।प्रथम सजाहान खातुन, कक्षा ६ ‘बी’
द्वितीय राजनन्दिनी सोनी, कक्षा ६ ‘आर’
तृतीय राजिया खातुन, कक्षा ८ ‘जी’

विद्यालयका सम्पूर्ण कक्षाका विद्यार्थीहरूका लागि खुला गरिएको क्विज प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो ज्ञान, तर्कशक्ति तथा बौद्धिक क्षमता प्रदर्शन गरेका थिए। प्रतियोगिताको संयोजन सुमन कुमार पटेल तथा निर्मला चौधरीले गर्नुभएको थियो।

प्रथम आयान अन्सारी कक्षा १० यश यादव कक्षा ९ ‘बी’नेहा पण्डित कक्षा ७ ‘आर’ र द्वितीय गौरव श्रेष्ठ कक्षा ६ ‘बी’अंशिका चौधरी कक्षा ६ ‘बी’अफ्रिन खातुन कक्षा ७ ‘आर’ र तृतीय खुश्बु पण्डित कक्षा ८ ‘जी’सुनिधि झा कक्षा ८ ‘जी’राजनन्दिनी सोनी कक्षा ६ ‘आर’प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र, मेडल तथा चोकोपन प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ।

यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको सिर्जनशीलता, आत्मविश्वास, बौद्धिक क्षमता, नेतृत्व क्षमता तथा सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुग्ने विद्यालयको विश्वास छ।विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डरअनुसार आगामी कात्तिक २० गते डान्स कम्पिटिसन तथा रङ्गोली कम्पिटिसन आयोजना गरिने भएको छ। उक्त प्रतियोगिता सम्पूर्ण विद्यार्थीका लागि खुला रहने विद्यालयले जनाएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM