२०८३ भाद्र २६ गते शुक्रबार

लायन्स क्लब अफ वीरगञ्ज गेटवेद्वारा मुस्लिम महिला हाईस्कुल परिसरमा वृक्षारोपण

लायन्स क्लब अफ वीरगञ्ज गेटवेद्वारा मुस्लिम महिला हाईस्कुल परिसरमा वृक्षारोपण

अभिलाष गुप्ता
वीरगञ्ज २१ भदौ

लायन्स क्लब अफ वीरगञ्ज गेटवेको आयोजनामा वीरगञ्ज–बहुअरीस्थित कुल्लिया उम्मे कुल्सुम लिल्बनात माध्यमिक विद्यालय (मुस्लिम महिला हाईस्कुल) को परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय परिसरलाई हराभरा, स्वच्छ तथा वातावरणमैत्री बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको हो। वृक्षारोपण कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

लायन्स क्लब अफ वीरगञ्ज गेटवेका अध्यक्ष प्रकाश कुमार उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका एरिया अध्यक्ष सुनिल गुप्ताको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा क्लबका सचिव कपिलदेव तिवारी, कोषाध्यक्ष वीरेन्द्र आर्य, लायन्स फैयाज आलम, वकिल रौनियार, श्याम बाबु प्रसाद लगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

त्यस्तै, कार्यक्रममा विद्यालयका प्रधानाध्यापक साबिर अहमद एराजसहित विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष तथा वरिष्ठ समाजसेवी प्रकाश कुमार उपाध्यायले वृक्षारोपण प्रकृति संरक्षणसँगै भावी पुस्तालाई वातावरणप्रति जिम्मेवार बनाउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वृक्षारोपणको महत्व तथा प्रकृति संरक्षणसम्बन्धी चेतना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले वातावरण संरक्षण सबैको साझा जिम्मेवारी भएकाले रोपिएका बिरुवाको संरक्षण र हुर्काउने कार्यमा पनि विद्यालय, विद्यार्थी तथा समुदायले विशेष ध्यान दिनुपर्ने बताउँदै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणका लागि नियमित रूपमा वृक्षारोपण गर्नुपर्नेमा जोड दिएका थिए।

विद्यालय परिसरमा गरिएको वृक्षारोपणले वातावरणीय संरक्षणमा योगदान पुर्‍याउनुका साथै विद्यार्थीहरूमा प्रकृति र पर्यावरणप्रतिको सकारात्मक सोच तथा जिम्मेवारीको भावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM