२०८३ भाद्र २५ गते बिहीबार

जेनजी आन्दोलनका सहिदको सम्झनामा श्री भगवती युवा क्लबद्वारा दीप प्रज्वलन

 

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा श्री भगवती युवा क्लबले वीरगञ्जस्थित शंखधर साख्वा पार्क (चिल्ड्रेन पार्क) मा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।

क्लबका अध्यक्ष ऐजाज अख्तरको अध्यक्षतामा आयोजित कार्यक्रममा आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको हो। कार्यक्रममा सहभागीहरूले सहिदहरूको योगदानको स्मरण गर्दै उनीहरूले देखाएको साहस र बलिदानलाई सम्मान गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष सुभाष सिंह, उपाध्यक्ष कौशल्या श्रेष्ठ, उपाध्यक्ष अनमोल खाँन, सचिव तथा कार्यक्रम सञ्चालक दिपेश सिंह, कोषाध्यक्ष बिराट सिंह, सहसचिव बिजय श्रीवास्तव तथा पूर्वअध्यक्ष सुमित पटेललगायतको सहभागिता रहेको थियो।

त्यस्तै, एमीयस स्कुलका सञ्चालक ईमामुदिन, शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानकी अध्यक्ष मुना खनाललगायत विभिन्न क्षेत्रका युवा तथा सामाजिक व्यक्तित्वहरूको समेत कार्यक्रममा उपस्थिति रहेको थियो।

कार्यक्रममा अमन पटेल, सुधिर राउत, सम्राट सिंह, लव गोसाई, साजन खाँन, सन्तोष थापा, कुशु गोसाई, इमरान खाँन, शेखरबहादुर सिंह, समी मियाँ, आकास खडकी, आदित्य बानियाँ, सुजित कुमार र अमन भट्टराईलगायत युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा युवाहरूको नेतृत्व गर्दै सार्दुल भट्टराईले सहजीकरण गरेका थिए। दीप प्रज्वलनमार्फत जेनजी आन्दोलनका सहिदहरूप्रति सम्मान व्यक्त गर्दै सहभागी युवाहरूले उनीहरूको बलिदानलाई स्मरण र सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM