२०८३ श्रावण १० गते आईतवार

संस्कृति सप्ताहअन्तर्गत रक्सौलमा मेहेन्दी प्रतियोगिता हुने

अभिलाष गुप्ता
रक्सौल ७ साउन

भारतीय संस्कृति, कला तथा संस्कारको संरक्षण र प्रवर्द्धनमा सक्रिय भारत विकास परिषद्, रक्सौल शाखा ले संस्कृति सप्ताहअन्तर्गत भव्य मेहेन्दी प्रतियोगिता आयोजना गर्ने भएको छ।

परिषद्का अनुसार प्रतियोगिता यही जुलाई २६ (आइतबार) बिहान १०:०० बजे देखि बैंक रोडस्थित श्री सत्यनारायण मारवाडी पञ्चायती मन्दिर परिसरमा न्यु परिधान तथा छवि सैलुन, रक्सौल को सहयोगमा सञ्चालन हुनेछ।

परिषद्की महिला सहभागिता प्रमुख मेनका गुप्ता, संस्कार संयोजक नितेश कुमार सिंह तथा कार्यक्रम संयोजक अजय कुमारले संयुक्त रूपमा दिएको जानकारीअनुसार प्रतियोगितामा रक्सौलका विभिन्न विद्यालयका छात्रा तथा महिलाहरू सहभागी हुनेछन्। प्रतियोगिताको उद्देश्य बालिका तथा महिलालाई मेहेन्दी कलामार्फत आफ्नो सिर्जनात्मक क्षमता, कलात्मक रुचि र भावनालाई अभिव्यक्त गर्ने अवसर प्रदान गर्नु हो।

शाखा अध्यक्ष रजनीश प्रियदर्शीले शिक्षा सँगसँगै कला, संस्कृति र सिर्जनात्मक गतिविधि व्यक्तित्व विकासका महत्वपूर्ण आधार भएको बताए। यस्ता प्रतियोगिताले सहभागीको आत्मविश्वास बढाउनुका साथै भारतीय सांस्कृतिक मूल्यप्रति आकर्षण र सम्मानसमेत अभिवृद्धि गर्ने उनको भनाइ छ। उनले प्रतियोगितामा ठूलो संख्यामा छात्रा तथा महिलाहरूको उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गरे।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई प्रतीक चिन्ह, सहभागिता प्रमाणपत्र तथा पदक प्रदान गरिने परिषद्ले जनाएको छ।

सेवा संयोजक तथा सञ्चार प्रभारी बिमल कुमार सर्राफले परिषद्को उद्देश्य केवल प्रतियोगिता आयोजना गर्नु मात्र नभई समाजमा भारतीय संस्कृति, संस्कार तथा परम्परागत कलाप्रति सम्मान र जागरण फैलाउनु रहेको बताए। उनका अनुसार मेहेन्दी प्रतियोगिताले स्थानीय बालिका तथा महिलालाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने प्रभावकारी मञ्च प्रदान गर्नुका साथै भारतीय सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्नेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले ९४३१६१६३९० नम्बरमा सम्पर्क गरी निःशुल्क दर्ता गराउन सक्ने परिषद्का सम्पर्क संयोजक उमेश सिकारिया तथा सेवा संयोजक एवं सञ्चार प्रभारी बिमल कुमार सर्राफले जानकारी दिएका छन्।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM