२०८३ श्रावण २० गते बुधबार

पर्सामा पिकअपबाट २०७ किलो गाँजा बरामद, एक जना पक्राउ

 

पर्सा प्रहरीले विशेष सूचनाका आधारमा सञ्चालन गरेको चेकजाँच अभियानमा २०७ किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा एक जना चालकलाई पिकअप गाडीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार हिजो साँझ करिब ६ः३० बजे बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा प्रदेश ३–०१–०२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअपलाई रोकी खानतलासी गरिएको थियो। जाँचका क्रममा सिमेन्टको बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा २०७ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

घटनापछि पिकअपका चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्ण लामालाई नियन्त्रणमा लिइएको छ।

प्रहरीले बरामद गाँजा, पिकअप गाडी तथा पक्राउ परेका चालकलाई नियन्त्रणमा राखी लागूऔषध सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान अघि बढाएको जनाएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM