२०८३ भाद्र १२ गते शुक्रबार

मम्ता विद्या मन्दिर कलेजका विद्यार्थी सन्देश पटेललाई BA LL.B मा पूर्ण छात्रवृत्ति

 

मम्ता विद्या मन्दिर (MVM) कलेज, वीरगञ्जमा कक्षा १२ कानून संकायमा अध्ययनरत विद्यार्थी सन्देश कुमार पटेलले पोखरा विश्वविद्यालयअन्तर्गत सञ्चालित BA LL.B कार्यक्रममा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्।

आफ्नो मेहनत, लगनशीलता तथा उत्कृष्ट शैक्षिक प्रदर्शनका आधारमा प्राप्त गरेको यस उपलब्धिले सन्देश कुमार पटेल, उनका अभिभावक तथा सम्पूर्ण MVM कलेज परिवारलाई गौरवान्वित बनाएको छ।

कलेजले विद्यार्थी पटेललाई यस उल्लेखनीय सफलताका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। साथै, उनको शैक्षिक यात्रामा निरन्तर मार्गदर्शन, प्रेरणा र सहयोग प्रदान गर्ने सम्पूर्ण शिक्षक–शिक्षिकाप्रति कलेजले विशेष आभार व्यक्त गरेको छ।

विद्यार्थीको मेहनत र शिक्षकहरूको समर्पणको उत्कृष्ट परिणामका रूपमा यस उपलब्धिलाई लिँदै कलेजले पटेलको आगामी कानुनी शिक्षा तथा व्यावसायिक यात्राको सफलताको कामना गरेको छ।

सन्देश पटेलको यो सफलताले MVM कलेजका अन्य विद्यार्थीलाई पनि अध्ययनमा उत्कृष्टता हासिल गर्न प्रेरणा मिल्ने विश्वास कलेजले व्यक्त गरेको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM