२०८३ भाद्र २६ गते शुक्रबार

पीडित परिवारलाई श्राद्ध कार्यका लागि वृजेश्वर चौधरीद्वारा खाद्यान्न सहयोग

 

विपद्का कारण पीडामा रहेका परिवारलाई मानवीय सहयोग गर्ने क्रमलाई निरन्तरता दिँदै वृजेश्वर चौधरीले श्राद्ध कार्यका लागि खाद्यान्न सामग्री सहयोग गरेका छन्।

जगरनाथपुर गाउँपालिका–४ निवासी एक पीडित परिवारलाई श्राद्ध कार्य सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले चौधरीले व्यक्तिगत रूपमा २ बोरा चामल र २ बोरा चिउरा गरी कुल ४ बोरा खाद्यान्न सामग्री सहयोग गरेका हुन्।

विपद्का कारण आर्थिक तथा पारिवारिक समस्यामा रहेका परिवारलाई यस्तो सहयोगले केही राहत पुग्ने विश्वास गरिएको छ। सहयोग हस्तान्तरण गर्दै चौधरीले दुःख र संकटमा परेका परिवारलाई आफ्नो तर्फबाट आगामी दिनमा पनि निरन्तर साथ, समर्थन र सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा उनले दिवंगत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भगवान्ले मृत आत्मालाई चिरशान्ति तथा स्वर्गमा स्थान प्रदान गरून् भन्ने कामनासमेत गरे।

मानवीय सेवाको भावनासहित गरिएको उक्त सहयोगले विपद्को समयमा पीडित परिवारप्रति समाजको जिम्मेवारी र आपसी सहयोगको भावना अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM