२०८३ भाद्र २६ गते शुक्रबार

रसुवा बाढीका मृतकहरूको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा

 

रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै वीरगञ्ज युवा समाजले आज घण्टाघर प्राङ्गणमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।

साँझ ६ बजे आयोजित उक्त कार्यक्रमको शुभारम्भ संस्थाका अध्यक्ष संजीव थापाले मैनबत्ती बालेर गर्नुभएको थियो। कार्यक्रमका सहभागीहरूले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरेका थिए। मृतकहरूप्रति सम्मान र शोक प्रकट गर्न कार्यक्रम स्थलमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको थियो।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष संजीव थापा र समाजसेवी प्रकाश उपाध्यायले विपद्‌मा परी ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको थियो।

संस्थाका सल्लाहाकार मार्टिन मोक्तानले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा वीरगञ्ज युवा समाजका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाका सचिव विनोद धिमाल, कोषाध्यक्ष सुशील श्रेष्ठ तथा सदस्यहरू मनोज गुप्ता, राजु गुप्ता, सुशील सिंह, काजल मानन्धर, मञ्जु भण्डारी, रोजी प्रधान, रिश्मा श्रेष्ठ, सुमन पौडेल, पुष्पराज कोइराला, रोशन गुप्ता, कमलेश सर्राफ, सुदेश लाखे, विक्रान्त खनाल, शैलेन्द्र यादव, उमेश श्रेष्ठ, हरेन्द्र यादव र राज भण्डारीलगायतको उपस्थिति रहेको थियो।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM