श्री भगवती युवा क्लव द्वारा आज शंखधर साख्वा पार्कमा जेनजी आन्दोलनका शहिदहरू को सम्झनामा आयोजित दिप प्रज्वलन कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ समाजसेवी प्रकाश उपाध्याय ले देशमा व्याप्त भ्रष्टाचार , कुशासन र बेरोजगारीको विरूद्धमा स्वस्फूर्त रुपमा उठेको जेनजी युवा पुस्ताहरुको आन्दोलनमा तत्कालीन राज्य सत्ता द्वारा निर्मम तवरले युवाहरुलाई दमन गरेर शहिद बनाएको प्रति घोर भत्सर्ना गर्दै जेनजी आन्दोलन का शहिदहरू प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्नुभयो।
युवाहरु परिवर्तनका संवाहक हुन, विश्व ईतिहासमा हेर्दा पनि हरेक ठुला ठुला परिवर्तनहरू मा युवाहरु ले नै सहादत दिएको पाईन्छ ,यसपटक पनि नेपाली वीर युवाहरु ले त्यो महान ऐतिहासिक आन्दोलनमा सहादत दिए।
विगत लामो समयदेखि सत्ता र शक्तिको आडमा राज्यको ढुकुटीलाई दोहन गर्न रमाएका हरूका विरुद्ध आम सर्वसाधारण जनता ले दरिलो आवाज उठाउन नसकि रहेको अवस्थामा नेपाली जनता को आवाज बनेर आफ्नो प्राण आहुति दिने ती सम्पूर्ण जेनजी युवा शहीदहरू प्रति हार्दिक श्रद्धान्जली एवं शहीद परिवार मा समवेदना प्रकट गर्दै युवाहरु को चाहना, युवा मनको ढुकढुकी बालेन साह नेतृत्वको वर्तमान सरकार ले युवाहरु को भरोसा र विश्वास लाई टुट्न नदिनुहोस् , जेनजी शहीदहरू प्रति त्यही नै सच्चा श्रद्धाञ्जलि हुनेछ भन्दै बालेन साह नेतृत्व को सरकार संग आग्रह पनि गर्नुभयो।
श्री भगवती युवा क्लब का अध्यक्ष ऐेजाज अख्तर को अध्यक्षता मा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव दिपेश सिंह ले गर्नुभएको थियो।
कार्यक्रम मा एमीएस स्कुल का संचालक ईमामुद्दीन अहमद, शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान का अध्यक्ष मुना खनाल , क्लब को पुर्व अध्यक्ष सुमित पटेल समेत श्री भगवती युवा क्लब लाई संरक्षण एवं सहयोग गर्ने विशिष्ट सदस्य सार्दुल भट्टराई, वरिष्ठ उपाध्यक्ष जेनजी आन्दोलन बीरगंजका अगुवा जेनजी नेता सुभाष सिंह, उपाध्यक्ष अनमोल खाँन, उपाध्यक्ष कौशल्या श्रेष्ठ, कोषाध्यक्ष विराट सिंह, सह सचिव विजय श्रीवास्तव लगायत सदस्यहरू अमन पटेल, सुधिर राउत, सम्राट सिंह, लव गोसाई, कुशु गोसाई, साजन खाँन, संतोष थापा, ईमरान खाँन, शेखर बहादुर सिंह, समि मियाँ, आकाश खडकी, आदित्य बानियाँ, सुजित कुमार र अमन भट्टराई समेत युवाहरु को व्यापक सहभागिता रहेको थियो।
























