२०८३ भाद्र २५ गते बिहीबार

रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालले भोटेकोसी बाढीपीडितको लागि १०लाख ९४ हजार १६१ रुपैयाँ राहत प्रदान

 

रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालले भोटेकोसी बाढीपीडितको लागि १०लाख ९४ हजार १६१ रुपैयाँ राहत प्रदान गरेको छ । अस्पतालका कर्मचारी तथा पसल व्यवसायीहरूबाट संकलित १ लाख ९४ हजार १६१ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।

महावीरप्रसाद–बृजलाल केडिया सेवा ट्रस्टबाट थप २ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरिएको छ।

यसअघि रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालले २०८३ भदौ १८ गते नेपाल नेत्रज्योति संघमार्फत प्रधानमन्त्री राहत कोषका लागि ७ लाख रुपैयाँ सहयोग गरेको थियो।

यसरी प्रधानमन्त्री राहत कोषका लागि अस्पताल, कर्मचारी, व्यवसायी तथा सेवा ट्रस्टबाट गरी कुल १० लाख ९४ हजार १६१ रुपैयाँ सहयोग गरिएको छ।

यसैबीच, अस्पताल परिसरमा मैनबत्ती प्रज्वलनसहित श्रद्धाञ्जली सभासमेत आयोजना गरिएको छ। सभामा सहभागीहरूले विपद्का क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका थिए।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM