२०८३ भाद्र २७ गते शनिबार

अति विपन्न परिवारलाई श्राद्धकार्यका लागि समाजसेवी चौधरीको खाद्यान्न तथा नगद सहयोग

 

जगरनाथपुर गाउँपालिका–४ का एक अति विपन्न परिवारलाई श्राद्धकार्यका लागि समाजसेवी बृजेश्वर प्रसाद चौधरीले खाद्यान्न तथा नगद सहयोग गरेका छन्।

चौधरीले आफ्नै तर्फबाट ३ हजार रुपैयाँ नगदसहित २ बोरा चामल र ३ बोरा चिउरा गरी ५ बोरा खाद्यान्न सहयोग गरेका हुन्। श्राद्धकार्यका लागि आवश्यक सामग्रीको अभाव हुन नदिन सहयोग गरिएको चौधरीले बताए।

चौधरीले विपन्न तथा एकल महिलाहरूलाई आवश्यक पर्दा आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि समस्यामा परेका व्यक्तिहरूका लागि आफ्नो घरको ढोका सधैं खुला रहने बताए।

लामो समयदेखि सामाजिक तथा मानवीय सेवामा सक्रिय रहँदै आएका चौधरीले यसअघि पनि विपन्न तथा समस्यामा परेका परिवारलाई विभिन्न किसिमका सहयोग गर्दै आएका छन्। उनको निरन्तर सामाजिक सक्रियताले स्थानीयस्तरमा सकारात्मक प्रभाव परेको स्थानीयवासीको भनाइ छ।

युवा, महिला तथा स्थानीय समुदायका विभिन्न व्यक्तिहरूले समेत चौधरीको सामाजिक योगदानलाई सकारात्मक रूपमा लिँदै आएका छन्। विपन्न तथा समस्यामा परेका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको भन्दै स्थानीयवासीले उनको सामाजिक कार्यको प्रशंसा गरेका छन्।

सहयोग हस्तान्तरणका क्रममा समाजसेवी चौधरीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै स्वर्गमा स्थान प्राप्त होस् भन्ने प्रार्थना गरेका थिए।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM