२०८३ कार्तिक १७ गते सोमबार

सौराहामा नेसनल प्याब्सनको भव्य सम्मेलन सम्पन्न, गृह मन्त्रालयको कारबाही र संस्थाको अधिकार निलम्बनबारे गम्भीर छलफल

 

सौराहा। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को भव्य सम्मेलन सौराहामा सम्पन्न भएको छ। पूर्व मेचीदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मका करिब ८५० विद्यालयको सहभागिता रहेको उक्त सम्मेलनमा संस्थाको विधान, संगठनात्मक संरचना तथा गृह मन्त्रालयबाट भएको कारबाहीका विषयमा व्यापक छलफल भएको थियो।

सम्मेलनको अध्यक्षता गीता क्षेत्री (राना) ले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रताप थापाले गर्नुभएको थियो।

सम्मेलनमा विशेषगरी गृह मन्त्रालयले विधान संशोधनका लागि दिएको निर्देशन, संस्थाको गतिविधि स्थगन तथा सदस्यहरूको अधिकार निलम्बन गरिएको विषयले प्राथमिकता पाएको थियो। गृह मन्त्रालयबाट स्थगन गरिएको भनिएको भेलामा समेत उपस्थित सदस्यहरूले संस्थाको अधिकारमाथि गरिएको निलम्बन र त्यसको औचित्यबारे गम्भीर प्रश्न उठाएका थिए।

सहभागी सदस्यहरूले संस्थाको संरचना प्रादेशिक संरचनाअनुसार स्वायत्त रूपमा सञ्चालन हुनुपर्ने विषय उठाउँदै प्रादेशिक संरचनाअनुसार अघि बढ्ने प्रयास भइरहेका बेला गृह मन्त्रालयले किन यस्तो कारबाही गर्‍यो भन्ने प्रश्नको जवाफ खोजेका थिए।

त्यसैगरी, गृह मन्त्रालयले संस्थामाथि गरिएको कारबाही र अधिकार निलम्बनका विषयमा स्पष्ट जानकारी तथा जवाफ नदिएको भन्दै सहभागीहरूले असन्तुष्टि व्यक्त गरेका थिए। संस्थाको अधिकार किन निलम्बन गरियो, त्यसको कानुनी आधार के हो र प्रादेशिक संरचनाअनुसार स्वायत्त रूपमा सञ्चालन हुन खोज्दा कारबाही गर्नुपर्ने कारण के थियो भन्ने विषयमा सम्मेलनमा गम्भीर बहस भएको थियो।

देशभरका करिब ८५० विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको सम्मेलनमा संस्थाको विधान, संगठनात्मक स्वायत्तता, सदस्यहरूको अधिकार र संस्थाको भावी कार्यदिशाका विषयमा सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए।

सम्मेलनले संस्थाको एकता, अधिकारको संरक्षण र संगठनलाई व्यवस्थित तथा सुदृढ बनाउने विषयमा साझा धारणा निर्माण गर्नुपर्ने आवश्यकतामाथि समेत जोड दिएको थियो।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM