मानव सेवा आश्रम बीरगञ्ज शाखामा आज नेपाल राष्ट्रिय क्रिकेट टिमका सदस्य तथा बीरगञ्ज मुरली निवासी आदरणीय आरिफ शेखले आश्रमको अवलोकन गर्नुका साथै स-प्रेम बेलुकाको भोजन सेवा प्रदान गर्नुभएको छ।

सामाजिक उत्तरदायित्वको भावना बोकेर आएको आरिफ शेखसँगै उहाँका कोच आदरणीय जहु रन्सारीको पनि सो अवसरमा गरिमामय उपस्थिति रहेको थियो।
उक्त अवसरमा मानव सेवा आश्रम परिवारले आरिफ शेख र जहु रन्सारी दुवै जनालाई मायाको चिनो प्रदान गर्दै विशेष सम्मान प्रकट गरेको थियो।

मानव सेवा आश्रम बीरगञ्ज शाखाका संस्थापक सदस्य देवेश गुप्ताले उक्त जानकारी दिनुभएको हो।
यस प्रकारको योगदानले समाजमा सकारात्मक ऊर्जा फैलाउने विश्वास गरिएको छ।
Post Views: 240









